बुधबार, ३२ असार २०८२

टेक्नोको नयाँ फोन ‘क्यामोन आई’ सार्वजनिक, यस्तो छ, बिशेषता र मुल्य

समयपोष्ट २०७४ माघ १८ गते ४:२१

क्यामोन आई ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ट्रान्स्सन नेपालले नयाँ फोन सार्वजनिक गरेको छ। यसअघि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट बजारमा भित्र्याएको कम्पनीले क्यामोन आई मोडलको नयाँ फोन ल्याएको हो

Advertisement

१३ एमपी रियर क्यामेरामा क्वाड एलइडी लेन्स फ्ल्यास एवं पाँच पीलेन्स लगायतका विशेषताहरु छन्।

फोनमा भएको पूmल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने कम्पनीको भनाई छ।

इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यो सेट प्रयोग गर्दा उत्कृष्ट टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुने कम्पनीको दाबी छ।

३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेज तथ १.३ को क्वाड कोर प्रोसेसर भएको यो फोन पहेँलो, कालो र नीलो रङ्गमा उपलब्ध छ। फोनको बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री