सोमबार, ६ वैशाख २०७८

पार्टी एकताका लागि पहल गर्छाैँ : भट्टराई

समयपोष्ट २०७७ फागुन १६ गते २१:२१

Advertisement

नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो ।

Advertisement

नेता भट्टराईले भन्नुभयो, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ ।” उहाँले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री