शुक्रबार, १४ वैशाख २०८१

सिप्रदी ट्रेडिङका निर्देशक राणाको निधन

समयपोष्ट २०७७ फागुन १६ गते १८:१६

Advertisement

सिप्रदी ट्रेडिङका निर्देशक एवं नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको निधन भएको छ ।

राणाको आइतबार बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । राणाको चार दिन अघि मुटुको शल्यक्रिया भएको थियो । राणा २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए।

राणा तारा म्यानेज्मेन्टको अध्यक्ष समेत थिए । राणाले आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए। सौर्यले आफ्नो करियर बेलायतको होयर गोभेट् नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट सुरु गरेका थिए। राणाका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री