शुक्रबार, ७ वैशाख २०८१

स्मार्टडोलाई नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता

समयपोष्ट २०७७ फागुन १६ गते १३:४२

Advertisement

नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जसले १०,००० भन्दा बढि सामानहरू ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराईरहेको कम्पनीले जनाएको छ । कम्पनीले रिंगरोड भित्र निशुल्क डेलिभरी,हरेक खरीदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू,सजिलै रिटर्न गर्न सकिने,
भुक्तानी विकल्प (नगद ÷ कार्ड ÷ सेलपे ÷ ई–सेवा ÷ मास्टरकार्ड) उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

स्मार्टडोकोले नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भए आई.एम.एस. ग्रुपका अध्यक्ष तथा सि.ई.ओ दिकेश मलहोत्राले भने, “सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ” ।

मलहोत्राले ,स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास गरेको बताए । मलहोत्राले भने,”उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौं” ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री