शुक्रबार, १४ वैशाख २०८१

६४ अर्ब लागतमा झापामा औद्योगिक पार्क बन्दै, प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

समयपोष्ट २०७७ फागुन १६ गते ९:०४

Advertisement

औद्योगिक क्षेत्र शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् ।

सरकारले सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेअनुरुप प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री