शुक्रबार, ७ वैशाख २०८१

शाइन रेसुङ्गाको चुक्ता पुँजी तीन अर्ब नाघ्यो, उपत्यकामा तीन नयाँ शाखा विस्तार गर्ने तयारी

समयपोष्ट २०७७ फागुन १३ गते १२:५३

Advertisement

बुटवल केन्द्रिय कार्यालय रहेको शाइन–रेसुङ्गा विकास बैंक १२ औं बर्ष पुरा गरी तेह्रौ बर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बैंकका गतिविधि,प्रगति विवरण तथा योजना सार्वजनिक गरेको गर्यो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अब समग्र अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रसँग बैंकले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ‘हामीले विभिन्न चरण पार गरेर राष्ट्रिय स्तरको विकास बैंकका रुपमा स्थापित भएका छौं । देशभर रहेका ९० वटा विकास बैंकबाट १८ हुँदै घट्ने क्रममा हामी प्रदेशबाट एक्लै स्थापित भएका छौं । अबको हाम्रो योजना र प्रतिष्पर्धा भनेको समग्र वित्तिय क्षेत्रसँग हुनेछ । र, हामी सोही अनुसार अगाडि बढ्दैछौं ।’

प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार वि.सं.२०६५ साल फाल्गुण ११ गते तीन जिल्ला कार्यक्षेत्र हुँने गरी उक्त विकास बैंकको स्थापना गरिएको हो ।

हाल सो बैंक लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पूँजी,शाखा,ग्राहक र ऋणी भएको बैंकका रुपमा अग्रस्थानमा छ । ६ करोड लागतबाट सुरु भएको बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ४० करोड,जगेडा कोष रु ७२ करोड र कूल पूँजी रु ४ अर्ब १२ करोड रहेको प्रमुख पौडेलले जानकारी दिए ।

कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले समय सापेक्ष सुविधा प्रदान गर्दै प्रविधिमैत्री सेवालाई विस्तार गर्दै अघि बढ्ने बताए । ‘समुदाय स्तरबाट बैंकको स्थापना गरेका हौं । यसको विकास र विस्तारमा समुदायको योगदान रहेको छ । बैंकलाई सबैको र सहज बनाउन समय सापेक्ष प्रविधिमैत्रीका साथै सहज र सरल तवरले सेवा प्रदान गर्ने हाम्रो योजना अनुसार अगाडि बढेका छौं ।’उनले भने।

लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा रहेको बैंकका अन्य विभिन्न प्रदेश तथा स्थानमा गरी ७३ वटा शाखाहरु रहेका छन् । काठमाण्डौंमा ३ वटा शाखा सञ्चालन गर्ने तयारी गरेको छ भने पोखरा,धनगढी र महेन्द्रनगरमा पनि छिट्टै शाखा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृतसहित जम्मा ११ जनाबाट सुरु भएको बैंकमा हाल जम्मा ७७४ जना कर्मचारी रहेका छन् । बैंकले निक्षेप जम्मा,लगानीका साथै अनुदान,सामाजिक दायित्व,वातावरण संरक्षण,डिजिटल बैंकिङ्ग लगाएत विभिन्न क्षेत्रमा काम गर्दै अघि बढेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री