शनिबार, ३ साउन २०८२

सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल

समयपोष्ट २०७७ फागुन १२ गते ९:३५

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन्।

ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानुनी आवरणमा निस्तेज पारिएको आरोप पनि उनले लगाएका छन्।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ। सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएको घोषणा गरेकी थिइन्। तर यो निर्णय संविधानविपरीत भएको भनी परेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै पुनर्स्थापनाको फैसला सुनाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री