बिहीबार, ६ वैशाख २०८१

नेशनल लाइफको खुद नाफा बढ्यो, खुद बीमाशुल्क कति ?

समयपोष्ट २०७७ माघ ३० गते १३:०२

Advertisement

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ४८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ अर्थात ४०.१ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ६८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २५ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मूल्यांकन अघि २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ लाख ३२ हजार रुपैयाँले मात्रै बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३८ अर्ब १ करोड १३ लाख, जगेडा कोषमा एक अर्ब २४ करोड ८६ लाख र महाविपत्ती कोषमा ३० करोड २५ लाख रुपैयाँ सञ्चित छ।

कुल ९ लाख ३ हजार ९६० वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ५ अर्ब ५४ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ११ हजार ८० वटा दाबी बापत १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ७६.२५ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री