शनिबार, १५ वैशाख २०८१

टाटा मोटर्सको भ्यालेन्टाइन डे स्पेशलः ‘ड्राईभ सेफ्टी इन स्टाइल’

समयपोष्ट २०७७ माघ २८ गते २०:१५

Advertisement

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेन्टाइन डे स्पेशल ‘ड्राइभ सेफ्टी इन स्टाइल’ कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम यहि माघ ३० देखि फाल्गुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी २०२१) सम्म थापाथली स्थित टाटा मोटर्सको शोरूममा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको शोरूममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री