बुधबार, १९ वैशाख २०८१

रु रु जलविद्युतले ४ लाख ७ हजार कित्ता शेयर साधारण जारी गर्ने

समयपोष्ट २०७७ माघ २८ गते १०:१३

Advertisement

रु रु जलविद्युत परियोजना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि यही फागुन ७ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

Advertisement

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन फागुन ७ गतेदेखि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री