बिहीबार, २० वैशाख २०८१

महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो

समयपोष्ट २०७७ माघ २३ गते ११:३८

Advertisement

सिडिएस एण्ड क्लियरिङ्गको अनुरोधमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन मिति सारेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गले प्राविधिक कारण जनाइ सो निष्काशन मिति सार्न अनुरोध गरेको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ ।

लघुवित्तको आईपीओमा अब माघ ३० गतेदेखि छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

Advertisement

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री