मंगलबार, १ जेठ २०८१

अनुष्काले पहिलोपटक सेयर गरिन् छोरीको तस्विर

समयपोष्ट २०७७ माघ २१ गते १३:०६

Advertisement

अनुष्का शर्माले भर्खरै जन्मिएकी आफ्नी छोरीको तस्विर सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा अनुष्का र विराट कोहली छोरीलाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।

अनुष्काले आफ्नो पोस्टमा छोरीको नाम पनि सार्वजनिक गरेकी छिन् । साथै उनले शुभकामना दिने सबैलाई धन्यवादसमेत व्यक्त गरेकी छिन् । उक्त फोटोमा कोहलीले लेखेका छन्, ‘मेरो पूरा संसार एउटै फ्रेममा ।’

Advertisement

अनुष्काले क्याप्सनमा लेखेकी छिन्, ‘हामी प्रेम र आभारसहित बसिरहेका छौं तर सानी वामिकाले हामीलाई भिन्न स्तरमा ल्याइदिएकी छिन् । आँसु, हाँसो, चिन्ता परम सुख.. यी सबै भावनाको अनुभव हामीले एक पलमा नै गर्यौं । हाम्रो निद्रा गायब छ तर मुटु भरिएको छ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री