शुक्रबार, १४ वैशाख २०८१

खरका छाना हटाउँदै कर्कटपाता टल्काउँदै रिब्दीकोट

RSS २०७६ फागुन १६ गते १३:३१

Advertisement

कृष्ण दर्नाल

रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये हाल ६५ घरमा कर्कटपाताको छाना लगाइएको छ । दक्ष कामदारको अभाव, वर्षेनी खर्च बढ्दो, खर तथा डाडाभाटाको अभावसँग जुध्नुपर्ने बाध्यता रहेकोमा गाउँपालिकाले कर्कटपाताले छाना टल्काउन थालेपछि खरका घर भएका परिवारका सदस्य खु्शी देखिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा खरका छाना हटाइ कर्कटपाताले छाएपछि घरका छाना टल्किन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चाल्ू आवको असार मसान्तसम्म बाँकी खरका छाना हटाएर कर्कटपाताले छाउने कार्यक्रम रहेको बताउनुभयो ।

चालू आवको माघ महिनासम्म वडा नं २, ३ र ५ मा खरका छाना पूर्णरुपमा हटाइएकोे छ । वडा २ मा दुई आवमा १५ घर खरको छानामुक्त बने । घर खरको छानामुक्त बनाउन वडाले ३६० कर्कट पाता स्थानीय बासिन्दालाई वितरण गरेको थियो ।

वडा नं ३ मा २७ घर खरका छाना रहेकामा सबैमा कर्कटपाताले छाइएको छ । वडा नं ५ मा आव २०७५÷०७६ मा ३३ खरका छाना हटाइ कर्कटपाताले छाइएको छ । आव २०७६÷०७७ मा गाउँपालिकाभित्रका ६१ घरका खरका छाना हटाइ कर्कटपाता लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । आव २०७५÷०७६ मा २० लाख बजेटमार्फत ९१ घरमा खरका छाना विस्थापित गरी कर्कटपाताका छाना लगाउने काम भएको छ । आव २०७६÷०७७ मा ३७ लाखमा २२६ खरका छानामुक्त बनाउन काम अघि बढेको छ ।

आव २०७५÷०७६ मा वडा नं १ मा ५४६ मध्ये २७ घर खरका छानाका छन् । त्यसमध्ये १४ घर कर्कटपाताले छाइएको छ । वडा नं २ का ६२९ र ३ नं वडाका ५५५ घरमा कर्कटपाताको छाना लगाइएको छ ।

त्यस्तै ४१३ घर रहेको वडा ५ कुखुमखोला खर छानामुक्त भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ३३ घर कर्कटपाता वितरण पछि खरका छाना हटाइ कर्कटपाताले टल्किन थालेका हुन् । छ नम्बर वडाका ५७८ मध्ये ६७ घर छाना खरको थियो । तीमध्ये १८ घरमा स्थानीय सरकारको सहयोगमा कर्कटपाता लगाउने काम भएको छ । बाँकी ४९ घरमा खरका छाना हटाउने कार्यक्रम रहेको छ । वडा नंमा ७ मा २४ घरका छाना कर्कटपाता लगाइएकोमा २२ घरमा खरका छाना छन् । सो वडामा ६५५ घर छन् । वडा ८ मा पहिलो चरणमा २३ र दोस्रो चरणमा १२ घरमा खरका छाना हटाइ कर्कट पाताको छाना लगाउने काम भएको छ । कूल ६५ खरका छानालाई विस्थापित गरी कर्कटपाता प्रदान गरी खरका छानामुक्त बनाउन थालेकोे वडाध्यक्ष नारायण बहादुर लाम्टाङगेले बताउनुभयो ।

स्थानीय सोहरकी ६५ वर्षीय देवी बगाले पहिलो पटक कर्कटपाताको छाना रहेको घरमा रात बिताउन पाउँदा खुशी हुनुहुन्छ । वर्षेनी घर छाउनुपर्ने र पैसाको अभावमा पिरलीनुपर्ने समस्या थियो । आर्थिकरुपमा विपन्न समुदायका नागरिकलाई गाउँपालिकाको सहयोगमा खरका छानालाई कर्कटपाता प्रदान गरी घर टल्काउन थालेपछि स्थानीय सरकारको महत्व बढेको छ ।

रम्भा गाउँपालिकाले चालू आव २०७६÷०७७ मा ३३३ घरमा खरका छाना हटाएर पूर्णरुपमा खर छानामुक्त अभियान थालेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खरका छाना हटाइने बताउनुभयो ।

गाउँपालिकाभित्र झण्डै चार हजार ५०० घर छन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न रु ७० लाख बजेट रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा कर्कटपाता पठाएको छ । खरका छाना हटाएर वडामा कर्कटपाताको माग गर्न आएपछि स्थानीय तहबाट कर्कटपाता हस्तान्तरण गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री