शुक्रबार, १६ चैत २०८०

जयलाल र उनकी तीस बर्ष कान्छी श्रीमतीको घरभित्रै हत्या,यस्तो अवस्थामा फेला पर्यो शव

rss २०७६ फागुन १५ गते २१:०८

Advertisement

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले बताउनुभयो ।

जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ । शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री