शुक्रबार, १६ चैत २०८०

बिमितबाट उठाएको रकम लगानी गर्दा धेरै सोच विचार गर्नुपर्छ

सूर्य लाइफ इन्स्योरेन्सका सीईओ तथा जीवन बिमक सङ्घ अध्यक्ष शिवनाथ पाण्डेको अन्तर्वार्ता

समयपोष्ट २०७६ फागुन १४ गते १:०९

Advertisement

भर्खर मात्र जीवन बिमकको सङ्गठन बनेको छ, यसको आवश्यकता किन पर्यो ?

जीवन बिमक सङ्घ भर्खरै मात्र स्थापना भएको छ । जीवन बिमा फरक क्षेत्र भएकाले यस भित्रका कठिनाइ साझा प्लेटफर्ममा छलफल गरेर अघि बढ्न यस्तो सङ्गठनको आवश्यकता १० वर्ष अघिदेखि नै महसुस हुँदै आएको थियो । लामो यात्रापछि यो सङ्गठन स्थापना भएको हो । हामी जीवन बिमक कम्पनी नौ वटाबाट अहिले १९ वटा भएका छौँ । नौ वटा कम्पनी हुँदाको अवस्थामा निर्जीवन बिमा र जीवन बिमाको एउटै मात्र सङ्घ थियो । त्यतिबेला सङ्ख्यात्मक हिसाबले हामी कम अनि हाम्रो काम गर्ने व्यवसायको प्रकृति जीवन बिमा र निर्जीवन बिमाको ज्यादै फरक थियो । त्यहाँ हाम्रा कुरा कम मात्र सुनिन्थे ।

हामीलाई परेका समस्या सामूहिक रूपमा राख्न, जीवन बिमाको व्यवसाय अभिवृद्धि प्रयोजन गर्न, पारदर्शी, इमानदारीपूर्वक काम गर्न र बिमा समितिलाई सहयोग गर्ने प्रयोजनका निम्ति एउटा छुट्टै बिमक सङ्घको आवश्यकता परेको हो ।

अर्को हामी प्रमुख कार्यकारी अधिकृत बीचमा पनि व्यावसायिक प्रतिस्पर्धा बाहेक अन्य व्यवसायका बारेमा कुनै किसिमको छलफल हुने वातावरण बनेको थिएन । के–के कुरामा हामी सामूहिक फाइदाका लागि काम गर्न सक्छौँ, के–कस्ता कुरामा हामी साझा धारणा बनाउन सक्छौँ, जीवन बिमा व्यवसायको अभिवृद्धिका लागि हामीले के–कस्ता पाइला चाल्न सकिन्छ भनेर एउटै थलोमा बसेर छलफल गर्ने वातावरण पनि बनेको थिएन । तसर्थ त्यसको प्रयोजनका लागि पनि हामीलाई जीवन बिमक सङ्घ जरुरी थियो । यसमा व्यवसाय वृद्धि गर्न केही हाम्रा केही संस्थागत स्वार्थ छन् । जीवन बिमाको प्रिमियम कर्मचारीको हकमा २० हजार थियो, अघिल्लो पटक बढेर २५ हजार भयो । यो सङ्ख्या छिमेकी राष्ट्रमा हेर्ने हो भने लाखौँमा छ । यसले गर्दा हामीले हाम्रा कुरा नियमनकारी निकाय मार्फत राज्यमा पु¥याउन सकेनौँ । जस्तै लगानीका क्षेत्रमा हामीले एसेट ल्याबिलिटिजको जुन मिस म्यानेजमेन्ट भइरहेको छ, २५ वर्षका लागि ल्याबिलिटी उठाउँछौँ । तर हामीले लगानी बैङ्कमा जम्मा एक वर्षलाई मात्र गर्छौं । पछिल्लो क्रममा मात्र केही डिभेन्चर आएका हुन् । त्यसले गर्दा एसेट म्यानेजमेन्टको जुन मिसम्याचलाई एड्रेस गर्नुपर्छ, त्यही किसिमको लगानीको निर्देशिका आउनुपर्छ भनेर हामीले हाम्रा कुरा राख्न, हामीलाई परेका समस्या सामूहिक रूपमा राख्न, जीवन बिमाको व्यवसाय अभिवृद्धि प्रयोजन गर्न, पारदर्शी, इमानदारीपूर्वक काम गर्न र बिमा समितिलाई सहयोग गर्ने प्रयोजनका निम्ति एउटा छुट्टै बिमक सङ्घको आवश्यकता परेको हो ।

जीवन बिमा क्षेत्रमा मुख्य चुनौती के–के छन् ?

नयाँ १० वटा कम्पनीलाई पुराना नौ वटा कम्पनीले स्वागत नै गरेका हुन् । कुनै पनि राज्यले लाइसेन्सिङ गरेको कुनै पनि किसिमको नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यसलाई हामीले सकारात्मक रूपले हेर्ने गरेका छौँ । त्यसको प्रत्यक्ष उदाहरण हिजो लाइसेन्सिङ हुनुभन्दा पूर्व पेनिट्रेसन ६–७ प्रतिशत पनि थिएन । आज हामी २७ प्रतिशतको कुरा गरेका छौँ । २२ प्रतिशत जीवन बिमाको र वैदेशिक रोजगारसहित गर्दा २७ प्रतिशत पेनिट्रेसन बढेको छ । नयाँ कम्पनी आउने र नयाँ कम्पनीसँग प्रतिस्पर्धा गर्ने क्रममा हामी पनि पछि पर्नुहुँदैन भन्ने हिसाबले पुराना कम्पनी पनि अघि बढेका कारण नै पेनिटे«सन बढेको हो । समग्रमा प्रतिस्पर्धाका कारणले बिमाको पहुँच दुर्गम क्षेत्रसम्म पुगेको छ ।

प्रतिस्पर्धा हुँदाहुँदै पनि पेनिट्रेसन बढेका कारणले सबै स्टेकहोल्डर सबै जीवन बिमक संस्थाले राम्रोसँग व्यवसायको अभिवृद्धि गरेको पाइन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतसम्म प्रिमियम वृद्धि भएको होल इन्डस्ट्रीमा देखिन्छ ।

हामी नौ वटा कम्पनीले यही सेक्टरमा काम गर्दैगर्दा थप १० वटा, एक सय प्रतिशतभन्दा बढी जीवन बिमाका प्लेयर्स मार्केटमा आइसकेपछि न्याचुरल्ली प्रतिस्पर्धा हुने नै भयो । प्रतिस्पर्धा हुँदाहुँदै पनि पेनिट्रेसन बढेका कारणले सबै स्टेकहोल्डर सबै जीवन बिमक संस्थाले राम्रोसँग व्यवसायको अभिवृद्धि गरेको पाइन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतसम्म प्रिमियम वृद्धि भएको होल इन्डस्ट्रीमा देखिन्छ । चुनौती भनेको हामीलाई कर्मचारी व्यवस्थापनको थियो । अहिले त्यसमा सामञ्जस्य भएको छ । अर्को हिजो नौ वटा कम्पनीमा भएका कर्मचारीले नयाँ आएका १० वटामा पनि पदपूर्ति गरेको अवस्था देखिन्थ्यो । नयाँ कम्पनीमा नयाँ मान्छेले पनि रोजगारीका अवसर पाएका छन् । जहाँबाट गए हामीलाई चुनौती नै रह्यो टप लेभलका मानिसले छाडेर गएको पनि देखियो, किनभने कर्मचारीले अवसरको खोजी गर्दै जाँदा नजाउ भन्न पनि सकिन्न । हामीलाई कर्मचारी व्यवस्थापनको पनि चुनौती थियो । तत्कालीन अवस्थामा अहिले त्यो छैन । अर्को बजारमा अस्वस्थ प्रतिस्पर्धाका कुरा आइरहन्छन् तर अस्वस्थ प्रतिस्पर्धा भनेको के हो भनेर डिफाइन गर्न गाह्रो छ । हामीलाई स्वस्थ प्रतिस्पर्धा गर्दा पनि व्यवसाय गर्न ज्यादै असजिलो अवस्था छ ।

सरकारले निर्जीवनतर्फ केही क्षेत्रमा अनिवार्य गरिदिएको छ । लाइफतिर पनि केही क्षेत्रमा अनिवार्य गर्न सकिँदैन ?

लाइफको व्यवसाय अभिवृद्धि गर्ने हो भने ट्याक्सको छुट अभिवृद्धि गर्नुपर्छ । त्यो गर्दा करको दायरामा मानिस पनि आउँछन् र व्यवसायमा पनि अभिवृद्धि हुन्छ यसमा कुनै शङ्का छैन । विशेष गरी माइकोक्रेडिटमा यति प्रतिशत पुर्याउनुपर्छ भनेर भनिएको छ । त्यो क्षेत्र हामीले लगानी गरिरहेको अवस्था हो । यस्तै जीवन बिमा नै छैन भने घर पास हुँदैन, बिजुली बत्ती दिन्न भन्ने व्यवहार गर्दा भयो । जीवन बिमा गर्न पैसा चाहिन्छ । जीवन बिमा पैसा बचत गर्ने क्षेत्र भएकाले यसमा स्वतन्त्रता र अधिकारको कुरा पनि आउँछ । सरकारले बचत अनिवार्य गर भनेर भन्न मिल्दैन जस्तो लाग्छ, त्यसैले जीवन बिमा अनिवार्य गर्न गाह्रो छ ।

जीवन बिमा पैसा बचत गर्ने क्षेत्र भएकाले यसमा स्वतन्त्रता र अधिकारको कुरा पनि आउँछ । सरकारले बचत अनिवार्य गर भनेर भन्न मिल्दैन जस्तो लाग्छ, त्यसैले जीवन बिमा अनिवार्य गर्न गाह्रो छ ।

बिमा समितिले लगानीको क्षेत्र बढाए पनि किन लगानीमा विविधता आउन सकेको छैन ?

हामीले जति प्रिमियम कलेक्सन गर्छौं, समितिले दिएको निर्देशिका अनुसार नै रहेर लगानी गर्ने हो । हाम्रो नाफाको अवस्था बैङ्कले दिने ब्याजदरमा भर पर्छ । त्यो आज पनि छ किनभने अधिकांश डिपोजिट हामीले कमर्सियल बैङ्कमा राखेको अवस्था छ । पछि दायरा वृद्धि गरिसकेपछि रियलस्टेटमा लगानीको पाँच प्रतिशत छ  । अर्को परियोजना कर्जामा लगानी गर्ने भनेर आएको छ तर त्यो क्षेत्रमा लगानी गरिसकेको अवस्था छैन । रियलस्टेटमा लगानी त्यति सजिलो छैन । त्यसलाई ठूलो अमाउन्ट पनि चाहियो ।

हाम्रा साथी त्यसमा लगानी कसरी गर्ने भन्ने कुरामा थप अध्ययन गर्दै होलान्, त्यसमा तुरुन्तै हुँदैन, केही समय लाग्छ ।

हामीले गर्ने लगानी बिमितको पैसा भएकोले सुरक्षित ठाउँमा लगानी गर्न सकेनौँ र नाफा केन्द्रितमा मात्र राख्यौँ भने भोलि सुरक्षाको कुरा आउँछ । हामीले परियोजनामा लगानी गर्दा विशेष गरी सेयर बजार, रियलस्टेटमा लगानी गर्दा हामी बहुत चनाखो हुनुपर्छ । त्यहाँ कतै कमी कमजोरी रहे भने त्यसको मार्केटमा भाउ घट्यो अथवा रियलस्टेट क्य्रास भएको हामीले भोगेकै कुरा हो । सेयर मार्केटको उतार चढावको अवस्थामा छ । त्यसैले बिमितबाट उठाएको रकम लगानी गर्दा धेरै सोच विचार गरेर मात्रै गर्नुपर्ने हुन्छ । बिमाको नयाँ निर्देशिका आएको त्यति धेरै भएको छैन । हाम्रा साथी त्यसमा लगानी कसरी गर्ने भन्ने कुरामा थप अध्ययन गर्दै होलान्, त्यसमा तुरुन्तै हुँदैन, केही समय लाग्छ ।

विदेशमा इन्स्योरेन्स कम्पनीले हाउजिङ लोन पनि दिने गर्दछन् । नेपालमा यसको सम्भावना कत्तिको देख्नुभएको छ ?

हाउजिङ लोनको विषयमा हामीलाई बिमा समितिले ओपन गरेको अवस्थामा आफ्नो लगानी गर्ने हो, लगानीमा आफ्नो पोर्टफोलियो अनुसार रिक्स डाइभरसिफाई गरेर लगानी गर्नुपर्छ । हाउजिङकै कुरा गर्दा सुरुसुरुमा हाउजिङमा लगानी गर्नेलाई भूकम्पले त्यस्तो अवस्थामा पु¥यायो । भोलि हामीले त्यसरी लगानी गर्दैगर्दा फेरि बिमितको पैसाकै कुरा आउँछ । त्यो अवस्थामा हामीले हाउजिङ क्षेत्रमा पनि केही पोर्टफोलियो छुट्याएर, रिस्क एनलाइसिस गरेर मात्रै लगानी गर्दा उत्तम हुन्छ । हुनत त्यो हाम्रो देश विकासको क्रममा इन्सुरेन्स सेक्टरको त्यो कन्ट्रिब्युसन हो । अहिले हाम्रो डाइरेक्ट कन्ट्रिब्युसनभन्दा पनि इन्डाइरेक्ट कन्ट्रिब्युसन भएको छ । बैङ्कमा राखेको छ बैङ्कले त्यही काम गरेको छ । त्यसकारण त्यो गर्न सकिन्छ । त्यसमा हामीलाई लगानीको क्षेत्रमा जान मिल्ने कि नमिल्ने भन्ने हो ।

दाबी भुक्तानी समयमै नहुने कुरा बेलाबेला आइरहन्छन् । अहिले प्रविधिको युगमा अनलाइनबाटै बिमा गर्ने र दाबी भुक्तानी दिने गर्न सकिँदैन ?

अनलाइनबाट बिमा गर्न त्यति सजिलो छैन किनभने मानिस फिजिकल नै उपस्थित हुनुपर्छ । उसका आयका स्रोत यकिन हुनुप¥यो, अन्डरराइटिङ गर्नुपर्छ, मेडिकल टेस्ट गर्नुपर्ने हुन्छ । हामीले डिजिटल सिक्नेचरलाई मान्यता दिने कि नदिने भन्ने कुरा पनि आएको छैन । त्यसकारण हामीकहाँ अहिले पनि टिकट टाँस्नैपर्ने अवस्था छ । केही कानुन प्रावधानलाई व्यवस्थापन गरेर अन्डरराइटिङको पाटो, मेडिकलको पाटोमा अनलाइन सिस्टमबाट कसरी गर्ने भन्ने बहस गरेर मात्र अघि बढ्नुपर्छ । यसको सुरुवात नगर्दासम्म जहिले पनि ढिला नै हुन्छ । डिजिटल सिस्टममा हामी पनि ढिलो चाँडो जानु नै पर्छ । अहिले मानिसले सबै कुरा घरैबाट गर्छन्, धाउनुपर्दैन, सबै सिस्टमबाट हुन्छ तर अहिले नै गर्दा हाम्रा केही कानुनी अड्चन छन् । तिनलाई हामीले कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गरेर अघि बढ्नुको विकल्प छैन ।

अहिले मानिसले सबै कुरा घरैबाट गर्छन्, धाउनुपर्दैन, सबै सिस्टमबाट हुन्छ तर अहिले नै गर्दा हाम्रा केही कानुनी अड्चन छन् । तिनलाई हामीले कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गरेर अघि बढ्नुको विकल्प छैन ।

सूर्य लाइफ इन्स्योरेन्सको अवस्था कस्तो छ र आगामी योजना के छन् ?

हामी हिजोको अवस्थाबाट धेरै राम्रो अवस्थामा आएका छौँ । हाम्रा जति पनि आर्थिक सूचकाङ्क छन्, चुक्ता पुँजी पु¥याएका छौँ, जीवन बिमा फन्ड बढेको छ, लगानीको क्षेत्र त्यत्तिकै ग्रोथ भएर सात/आठ सय करोड पुगेको छ । जीवन बिमा कोष छ सय करोडको छ । सर्भेन्सी रेसियो दुई प्रतिशतभन्दा माथि छ । हामी निरन्तर रूपमा प्रोफिट आर्जन गरिरहेका छौँ । विगत तीन वर्षदेखि निरन्तर कर्मचारीलाई बोनस खुवाइरहेका छौँ । सेयरहोल्डरलाई पनि हामीले लाभांश बढाउँदै पहिला पाँच प्रतिशत, त्यसपछि १० प्रतिशत र पछिल्लो समयमा १३ प्रतिशत दिइरहेका छौँ । सेयरमा पनि राम्रो सर्किट ब्रेक गरिरहेको अवस्था छ ।

तल्लो लेभलका ऋणी ऋण तिर्न नसक्ने व्यक्तिलाई कथंकदाचित केही भयो भने तिनीहरूको आश्रित परिवारलाई जुन किसिमको शोक पर्छ, त्यसमा फाइनान्सियल लस हुन्छ, त्यसलाई परिपूर्ति गर्ने हाम्रा प्रोडक्ट छन् ।

आगामी योजनामा ब्यान्डिङको कन्सेप्ट बनाउने, यसले गर्दा सूर्य लाइफको देशभरि नै इम्प्रेसन बन्छ । नयाँ प्रडक्ट तीन–चार वटा पाइपलाइनमा छन् । ती प्रडक्ट बिमितको चाहना अनुसार जुन फिडब्याक पाउँछौँ त्यो अनुसार डिजाइन गरिएको हो । एक्जिक्स्टिन प्रोडक्टस्लाई हामीले रिभाइज गरेर ल्याउँछौँ । तल्लो लेभलका ऋणी ऋण तिर्न नसक्ने व्यक्तिलाई कथंकदाचित केही भयो भने तिनीहरूको आश्रित परिवारलाई जुन किसिमको शोक पर्छ, त्यसमा फाइनान्सियल लस हुन्छ, त्यसलाई परिपूर्ति गर्ने हाम्रा प्रोडक्ट छन् ।

भ्यालुएसनको पाटामा निरन्तर नै काम गर्ने हो, त्यसलाई अलि छिटोछरितो तरिकाले गर्न पायौँ भने समयमा एजीएम गर्ने भन्ने हो । त्यस्तै नेटवर्किङको विस्तार गर्ने हाम्रो योजना छ । हामीले यो वर्ष पनि गरेका छौँ, त्यसलाई निरन्तरता नै दिन्छौँ । यसले पहुँचमा वृद्धि र व्यवसायमा अभिवृद्धि गर्छ । त्यसमा हामीले कस्टलाई पनि त्यत्तिकै ध्यान दिएका छौँ । कस्टलाई नहेरी त्यत्तिकै अगाडि बढाउने अवस्थामा हामी छैनौँ । हाम्रा अभिकर्तालाई मोटिभेसनमा ट्रेनिङ, अर्गनाइजेसन भित्र पनि कर्मचारी मोटिभेट हुनुपर्छ भन्ने कारणले ट्रेनिङको पाटो सशक्त रूपमा अघि बढाउने योजनामा छौँ । अहिले बिजनेस रिस्कभन्दा पनि अपरेसन रिस्कका कुरा आइरहेका छन् यो रिस्कलाई कसरी कम गर्ने, सुशासनलाई विशेष केन्द्रित गरेर पारदर्शी, इमानदारीपूर्वक स्वस्थ प्रतिस्पर्धा गरेर सूर्य लाइफलाई अघि बढाउने हाम्रो उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री