शुक्रबार, २१ वैशाख २०८१

टाटाका स्कूल बस खरिदमा नगद १ लाख छुट, उपहारमा टिभी, ल्यापटप तथा सामसुङ् नोट १० समेत

समयपोष्ट २०७६ फागुन १४ गते १२:५७

Advertisement

टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसुङ् नोट १० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ ।

यस योजनाले आफ्ना ग्राहकवर्गको वदलिदो ईच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कूल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ । यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धि सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ । एसी र नन एसीको व्यवस्था सहित यि बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पूनः बिक्री मूल्य भएको पनि कम्पनी बताएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री