बिहीबार, ३ जेठ २०८१

अष्ट्रेलियाबाट श्रीमानलाई सम्झिँदै रक्षा, को हुन श्रीमान ?

समयपोष्ट २०७६ फागुन १२ गते २०:११

Advertisement

चर्चित हास्य टेलिसिरियल भद्रगोल बाट चर्चामा आएकि मोडल तथा कलाकार रक्षा श्रेष्ठ यतिबेला अष्ट्रेलिया पुगेकी छन् ।

पुरानो भद्रगोल टिमले निर्माण गर्दै आइरहेको “सक्किगोनी” टेलिसिरियलमा कुमार कट्टेल जिग्रीको जोडी बनेर देखिँदै आएकी रक्षा सुटिङ छाडेर अष्ट्रेलिया गएकी हुन् ।

रक्षाले अष्ट्रेलिया पुगेर घुमघामको क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै श्रीमानलाई सम्झिएकी छिन्।

अहिलेसम्म उनको श्रीमान को हुन भन्ने दर्शकलाई थाहा छैन, किनकि श्रीमान पव्लिकमा आउन नरुचाउने बताउँछिन् रक्षा ।

Advertisement

बिज्ञापनबाट अभियन यात्रा सुरु गरेकी रक्षा श्रेष्ठलाई पछिल्लो समय बिज्ञापन र सिरियल भन्दापनि म्युजिक भिडियोमा धेरै देख्न पाइन्छ ।

रक्षा फिचर्ड म्युजिक भिडियोहरु चर्चामा रहेको छ । उनी एक कुशल सञ्चारकर्मी पनि हुन्, उनले एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताको भुमिका निभाउँदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री