मंगलबार, २५ वैशाख २०८१

जो रुनुको सट्टा जन्मने बित्तिकै रिसाइन्

समयपोष्ट २०७६ फागुन १२ गते १२:५३

Advertisement

जन्मने बितिक्कै रुनुको सट्टा अनौठो अनुहार बनाएरएक नवजात शिशुले सबैलाई चकित पारेकी छिन् । शिशुको उक्त तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल समेत बनेको छ ।

ब्राजिलको रियो दि जनेइरो अस्पतालमा आमा डेनी दि जेसस बरबोसाले फेब्रुअरी १३ तारिखका दिन उक्त शिशुलाई जन्म दिईन्।

इसाबेला परेइरा दि जेससलाई अस्पतालका प्रसूती चिकित्सकले फोक्सोले काम गरेको छ/छैन जाँच्न उनलाई रुवाउन खोज्छन्। तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन्। तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ।

आमा बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कैद गरेका थिए।

Advertisement

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले गम्भीर प्रतिक्रिया देखाइन् र नाभी काटेपछि मात्रै रुन थालिन्।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री