मंगलबार, २५ वैशाख २०८१

अवैध सम्बन्ध राखेको आशंकामा पतिले टालिदिए पत्नीको गुप्ताङ्ग, अवस्था गम्भिर

समयपोष्ट २०७६ फागुन १० गते २०:०६

Advertisement

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।

घटना अफ्रिकी मुलुक केन्याको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यौनाङ्ग सुपर ग्लुले टालिदिए पछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेर अस्पताल भर्ना गरेका थिए । ।

उनको हालत गम्भीर छ । ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

Advertisement

उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री