सोमबार, १७ वैशाख २०८१

शिल्पा शेट्टीका श्रीमान‍्विरुद्ध हाइकोर्ट पुगिन् पुनम, खासमा के हो कुरा ?

समयपोष्ट २०७६ माघ २६ गते १५:४३

Advertisement

भारतीय मोडल एवं नायिका पूनम पाण्डेले शिल्पा शेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा र उनक सहयोगीविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न हाइकोर्टको ढोका ढक्ढकाएकी छिन् ।

पुलिसले एफआइआर दर्ता गर्न नमानेपछि उनी हाइकोर्ट पुगेकी हुन् ।

विवाद सन् २०१९ को हो जब पुनम पाण्डेले आर्म्सप्राइम मिडिया नामको एक फर्मसँग सम्झौता हस्ताक्षर गरेकी थिइन् । पुनमले उक्त सम्झौता आफ्नो नामबाट एउटा ऐप पाउनका लागि हस्ताक्षर गरेकी थिइन् जसका लागि उनले रेभेन्यूको उचित हिस्सा पाउने भएकी थिइन् ।

पाण्डेका अनुसार राज कुन्द्राको कम्पनीले चलाउने उनको एपमा उनको फोन नम्बर पोष्ट गरेर ‘मलाई फोन गर्नुहोस्, म तिम्रो लागि स्ट्रिप गर्नेछु’ भन्ने मेसेज आएको थियो ।

कुन्द्रा र उनका सहयोगीले सम्झौता रद्द गरेपछि पनि आफ्नो फोन नम्बर सार्वजनिक गरेको भन्दै पुनमले उनीहरुविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न हाईकोर्टको ढोका ढक्ढकाएकी हुन् ।

पुनमलाई विश्वास गर्ने हो भने फर्ममा सेयरका लागि भेदभाव भइरहेको थियो । जसका कारण उनले सम्झौता रद्द गरिन् । तर त्यसलगत्तै उनलाई प्राइभेट नम्बरबाट विभिन्न प्रकारको अनुरोधयुक्त फोन आउन थाल्यो । उनका अनुसार यसबाट तनाव भएपछि उनले तीन महिनाका लागि देश छोडेकी थिइन् । तर फिर्ता भएपछि पनि उनले यस्तै स्थितीको सामना गर्नुपर्यो जसका कारण उनले आफ्नो नम्बर परिवर्तन गरेको बताइन् ।

उनले आफ्नो नयाँ नम्बरको प्रयोग राज कुन्द्राका सहयोगी सौरभ कुशवाहसँग कुराकानी गर्नका लागि प्रयोग गरेकी थिइन् त्यसपछि उनको त्यो नम्बरमा पुनः फोन आउने क्रम जारी रह्यो । पुनमलाई विश्वास गर्ने हो भने राज र उनको समूहविरुद्ध पुलिससँग मद्दतसमेत मागेकी थिइन् तर उनलाई कसैले पनि सुनेनन् । उनको एफआईआरसमेत दर्ता गर्न अस्विकार गरियो । त्यसकारण उनी अब हाइकोर्ट पुगेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री