सोमबार, १७ वैशाख २०८१

करिनाले सारालाई ‘वान नाइट स्ट्यान्ट’ बारे प्रश्न सोध्दा….

समयपोष्ट २०७६ माघ २४ गते १८:३६

Advertisement

सारा अली खान करिना कपुरको च्याट शोमा पाहुनाको रुपमा उपस्थित भइन् । उक्त कार्यक्रममा सारालाई करिनाले उनको प्रेम र नीजि जीवनबारे थुप्रै प्रश्न पनि सोधेकी छिन् । यतिमात्रै होइन, करिनाले सारासँग उनको ‘वान नाइट स्ट्यान्ड’ फोनमा ‘नटी मेसेज’ पठाएको जस्ता नीजि प्रश्न पनि सोधेकी छन् । सारा अली खानले करिनाको शोमा आफ्नो मोटोपनाबारे पनि कुरा गरेको देख्न सकिन्छ ।

करिना कपुर खानको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ को दोस्रो सिजनको नयाँ एपिसोडमा सारा अली खान आजकालको प्रेमबारे कुरा गरिरहेकी छिन् । करिनाले सारालाई सोधिन्, ‘के तिमीले कहिल्यै कसैलाई नटी टेक्स्ट पठाएको छौ ?’ तर यो प्रश्न सोध्ने बित्तिकै करिनाले थपिन्, ‘खासमा म यो जान्न चाहन्नँ तर आशा गर्छु कि तिम्रो पिताले यो सबै सुनिरहेका छैनन् ।’ यसको जवाफमा सारा भन्छिन्, ‘छ’ । यो सुन्ने बित्तिकै करिनाले भन्छिन्, ‘म यो कुरा तिम्रो पितालाई भन्न सक्छु, हो नि ?’ यसको जवाफमा सारा भन्छिन्, ‘हो, सायद उहाँले यो शो हेरिरहनुभएको होला ।’ करिनाले भन्छिन्, ‘ठिक छ सेफ, म घर आएर भन्नेछु ।’ त्यसपछि साराले तुरुन्त भन्छिन्, ‘नाईं, त्यस्तो नगर्नुहोस् ।’

यसका साथै करिनाले सारालाई ‘वन नाइट स्ट्यान्ड’ बारे पनि सोधिन् । यसको जवाफमा उनले ‘छैन’ भनिन् । यद्यपि, यो प्रश्न सोध्नुअघि करिना भन्छिन्, ‘मलाई थाहा छैन, यो प्रश्न मैले तिमीलाई सोध्नु ठिक छ छैन तर ठिक छ, हामी मोर्डन परिवार हौं । के तिमीले कहिल्यै वान नाइट स्ट्यान्ड गरेका छौ ?’ यसमा साराको जवाफ सुनेपछि करिना भन्छिन्, ‘धन्य, यो राहतको कुरा हो ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री