आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले ३९ ओभर खेल्दै छ विकेटको क्षतिमा ११८ रन बनाएको छ । नेपालका लागि सुशन भारीले तीन तथा करन केसीले दुई विकेट लिनुभएको छ ।

Advertisement

ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहका रुपमा पहिलो विकेट गुमाएको छ । उहाँलाई करन केसीले एक रन बनाएको अवस्थामा पवेलियन फर्काउनुभएको हो । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खवर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गर्नुभएको हो । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट हुनुभयो । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिनुभयो । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटका रुपमा पवेलियन फर्काउनुभयो भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा ‘क्याच आउट’ गराउनुभयो ।

मक्सुदले २० रन बनाउनुभयो भने सुरज कुमार खाता नै नखोलीकन पवेलियन फर्कनुभयो । सुशनले ३८औँ ओभरमा सन्दीप गौडलाई छैटौँ विकेटका रुपमा पवेलियन फर्काउनुभयो । उहाँले ३३ रन बनाउनुभयो । अहिले मोहमद नदिम र बादल सिंहले ओमानको पारि सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री