शुक्रबार, १६ चैत २०८०

प्राईम लाईफ इन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

समयपोष्ट २०७६ माघ २२ गते १०:३५

Advertisement

प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कुल बीमा शुल्क २४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोष १० अर्ब १३ करोड पुगेको छ। जगेडा कोष ७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४ करोड पुगेको छ।

कम्पनीले ३४ करोड १२ लाख कुल दावी भुक्तानी गरेको छ । त्यस्तै ३० करोड ३७ लाख खुद दावी भुक्तानी गरेको छ । दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार भुक्तानी हुन बाँकी रकम १ करोड ६० लाख रहेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ५४ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री