मालारानी बन्यो पर्यटकको केन्द्र

अशोक खनाल

Advertisement

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अहिले पर्यटको केन्द्र बनेको छ ।

गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटक स्थलहरु मालारानी मन्दिर, नरसिंहथान मन्दिर, जालकाडा, धेरा, देउराली चोहातीको लेक, ओखलढुंगाको चौर, जालकाडाको रग गाडेन जस्ता महत्त्वपूर्ण धार्मिक तथा पर्यटक स्थल हरुमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

पोखराबाट गुल्मीको रिडि हुदै सुर्खेतसम्म पुग्ने यो सडक यहि पालिका हुँदै गएको छ । रिडिबाट सुर्खेतसम्म १५० कि. मि रहेको उक्त सडक को ६० कि. मि मा मालारानी मन्दिर पर्दछ।

Advertisement

पालिकामा रहेका लेखहरुबाट २१ वटा हिमालहरुको समेत अबलोकन गर्न सकिन्छ भने पालिकाकै जालकाडाको लेखबाट प्याराग्लाडिङको समेत सफल उडान परिक्षण सम्पन्न भैसकेको छ।

पालिकाले मालारानी मन्दिरको नजिकैबाट अत्याधुनिक बोरिङ मेसिनको प्रयोग तीन सय मिटर तल बाट पानी निकाली ३,५ र ६ न. वडाका करिब तीन हजार उपभोक्तलाई खाने पानीबाट लाभान्वित गराउदै छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री