आइतबार, १६ वैशाख २०८१

१० वर्षे प्रेमीले गर्भवती बनाएको १३ वर्षीया किशोरीको दाबी, अभिभावक भन्छन् : त्यो बच्चासंगै राख्न चाहन्छौँ

समयपोष्ट २०७६ माघ २० गते १३:२२

Advertisement

१३ वर्षीया किशोरीलाई १० वर्षे प्रेमीले गर्भवती बनाएको खबर सार्वजनिक भएको छ । विज्ञले १० बर्षिया किशोर दार्याले कसैलाई गर्भवती बनाउन उनी निकै  कम उमेर भएको भन्दै दाबी गलत भएको बताएका छन् । १३ वर्षीया ती किशोरीले आफू इभानबाहेक अन्य कोहीसँग पनि इन्टिमेट नभएको दाबी गरेकी छिन् । उनको कुरा मनोविद्ले विश्वास गरेका छन् ।

एन्ड्रोलोजी एक्सपर्ट डा. एभगेनी ग्रेकोभले भने,कुनै गल्ती नहोस् भन्दै हामीले प्रयोगशालाको नतिजा एक पटक होइन, दुई पटक पनि होइन, तीन पटक परीक्षण गरेका छौं,’ यूरोलोजी र एन्ड्रोलोजी एक्सपर्ट डा. एभगेनी ग्रेकोभले उक्त कार्यक्रममा भने । ‘त्यसमा शुक्रकिट थिएनन् । ऊ अझै बच्चै छ । उसको टेस्टोस्टेरोनसमेत छैन । यहाँ थप्नु पर्ने कुरा के छ भने उसको यौवन नै सुरु भएको छैन । त्यसकारण हामीसँग धेरै प्रश्न छन् ।’

 

 

ग्रेकोभको प्रमाणपछि पनि यी दुई र उनका अभिभावकले दार्याले भनेको ठिक हो भन्ने दाबी गरिरहेका छन् । उनीहरुका अनुसार यी दुईले इभानको घरमा एक पटक यौन सम्बन्ध स्थापित गरेका थिए जसका कारण १३ वर्षे उनी गर्भवती भइन् । उनले १० वर्षे बालकले त्यस्तो गर्न नसक्लान् भन्ने सोचेको तर अहिले उनको त्यो सोचाई गलत भएको दार्याले बताएकी छिन् ।

‘त्यो उनैको आईडिया थियो, तर यसमा मलाई कुनै आपत्ति थिएन,’ दार्याले भनिन् । ‘१० वर्षमा कसैले यस्तो गर्न सक्ला भनेर मैले सोचेकी थिइन् । मैले त्यतिबेला केही पनि नहोला भनेर सोचेँ ।’

इभान आफैंलाई पनि प्रेमिकालाई गर्भवती बनाएको कुरामा विश्वास छैन । तर जब उनलाई उक्त बच्चा तिम्रो होइन त भनेर प्रश्न सोधियो तब उनले भने, ‘त्यस्तो हुन सक्दैन ।’

‘मेरो छोराले ऊ बच्चाको बुवा हो भनेको छ, म उसलाई विश्वास गर्छु,’ इभानकी आमा गालिनाले भनिन् । ‘ऊ बच्चै छ, सायद उसलाई के भएको थियो भन्ने बारे राम्रोसँग थाहा छैन ।’

दार्या र उनकी आमाले त्यो बच्चा राख्न चाहन्छन् तर बच्चाको बुवा इभान हो होइन भनेर अहिले नै परीक्षण गर्न नसकिने बताइएको छ । रसियाली स्रोतका अनुसार यस्ता परीक्षण पछि मात्र गर्न सकिन्छ ।

दार्या र इभान केही समयअघि रसियाली टिभी शो ‘अन एयर लाइभ’ मा आफ्नो विवादास्पद गर्भबारे जानकारी दिन, विज्ञमार्फत् परीक्षण गराउन उपस्थित भएका थिए । इभानले आफ्नी १३ वर्षीया प्रेमिकालाई गर्भवती बनाएको खबर गत हप्ता रसियाली सोसल मिडियामा प्रकाशित भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री