सोमबार, १७ वैशाख २०८१

टिकटक बनाउन खोज्दा मुखमा हर्माेनिका अड्किएपछि….

समयपोष्ट २०७६ माघ १९ गते १७:३०

Advertisement

टिकटकमा भाईरल बन्न भिडियो बनाउन खोज्दा एक किशोरीको झण्डै ज्यान गएन ।

क्यानडाकी मोली ओब्रियन नाम गरेकी किशोरीकी भिडियो बनाउँदै गर्दा मुखमा हर्माेनिका अड्किएको हो । मुखमा हर्माेनिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।

उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् । उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री