सोमबार, १७ वैशाख २०८१

जसले फोटो पोष्ट गरेरै करोडौँ कमाउँछिन्

समयपोष्ट २०७६ माघ १८ गते १५:२७

Advertisement

फाटो पोष्ट गरेरै यी महिलाले करोडौँ कमाउँछिन भन्ने सुन्दा तपाईलाई अनौठो लाग्नसक्छ । तर यो खबर साँचो हो ।

रोमानियाकी एन्ड्रिया एबेली नाम गरेकी यी इन्स्टाग्राम स्टारले इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गरेर वार्षिक करोडौ कमाउने गरेकी छिन् ।

३५ वर्षीय एबेलीले आफ्नो आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक १७ करोड रुपैयाँ कमाउने गरेको दाबी गरेकी छिन् ।

एबेलीले हरेक इन्स्टाग्राम पोस्टमा ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छन् । इन्स्टाग्राममा उनलाई ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । एबेलीको नितम्ब मन पराउनेको संख्या लाखौँ भएपनि केहीले उनलाई देखिसहँदैनन् । एबेली आफू सामाजिक सञ्जालमा लोकप्रिय हुनुको कारण इमानदारी जनाउँछिन् । एबेलीलाई मन नपराउने व्यक्तिहरुले गरेको घृणा र निन्दाले भरपूर सन्देशबाट उनलाई फरक भने परेको छैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री