सोमबार, १७ वैशाख २०८१

खेतमा हट नायिकाको पोस्टर राख्दा किसान भए मालामाल (भिडियोसहित)

समयपोष्ट २०७६ माघ १८ गते १५:०८

Advertisement

एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै सन्नी लियोनको पोस्टर राखेका छन् । अझ उनलाई मान्ने हो भने उक्त पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।

चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका छन् । भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्टर राखेका छन् । गाउँलेका राक्षसी आँखा पन्छाउन सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँछन् ।

पोस्टरमा लेखिएको छ स् ‘महासय मलाई देखेर नचिढिउँ ।’ अझ पोस्टरका रूपमा रातो बिकिनीमा सजिएकी सन्नीको तस्बिर छ । हिन्दूस्तान टाइम्ससँग बोल्दै सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन् ।

सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उनी सुनाउँछन् । भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।’

रेड्डी थप्छन्, ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ ।

कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन् । रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई?’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री