शनिबार, ५ जेठ २०८१

‘करिना मेरी आमा होइनन् ,सिर्फ मेरो ड्याडकी वाइफ’

समयपोष्ट २०७५ माघ १५ गते १४:४०

Advertisement

बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि राम्रै व्यापार गर्न सफल भयो ।

डेब्यु फिल्ममा नै उनले गरेको अभिनयले धेरैलाई आर्कषित गर्न सफल पनि भयो । सुन्दर अभिनेत्रीको रुपमा पनि उनलाई धेरैले मन पराउँन थालेका छन् ।
यसैबीच साराले फिल्मफेयरलाई एक इन्टभ्र्यु दिएकी छिन् जुन अहिले भाइरल भैरहेको छ । उक्त अन्र्तवार्तामा सारालाई करिना कपुरको वार्डरोबबाट के के लिन मन पराउँनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले त्यहाँ भएको सबै आउटफिट लिन चाहने बताइन् । उनले आफुलाई करिनाको सबै कलेक्सनहरु मनपर्ने बताइन् । खासगरी करिनाको जुत्ता लिने बताइन् ।

उक्त अन्र्तवार्तमा साराले आफ्नो र करीनाको बण्डिंगको बिषयमा पनि कुरा गरेकी छिन् । उनले भनिन् ,’म करिनाको डाइ हार्ट फ्यान हुँ । मलाई मानिसहरुले तिमीले करिनालाई मनबाट मागेको हुँनाले तिम्रो सौतेनी आमा बनेको बताउँने गर्छन् ।’

Advertisement

उनले भनिन् ,’करिना र म मिल्ने साथी हौँ, उनी मेरी आमा बन्न आएकी होइनन् । उनी सिर्फ मेरो ड्याडकी वाइफ हुन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री