सोमबार, २४ वैशाख २०८१

बच्चाको मनपर्ने रंगबाट थाहा पाउँनुहोस् उसको स्वभाव

समयपोष्ट २०७५ माघ ८ गते १४:२४

Advertisement

मनोविद्हरुले बच्चाहरुलाई मनपर्ने रंगमा उनीहरुको विशेषता निर्भर हुने दावी गरेका छन् । यद्यपी यसको पछाडी कुनै पनि वैज्ञानिक कारण भने छैन । कलर साइकोलोजीः बालबालिकाको व्यवहार र सिकाई सम्बन्धी जर्नलमा प्रकाशित सामाग्री को केही अंश यहाँ प्रस्तुत गरिएको छ जसले अभिभावकलाई उनीहरुको मनपर्ने कलरबाट स्वभाव जान्न मद्दत गर्ने छ ।

नीलो रंगः

नीलो रंग मन पराउने बच्चा न त धेरै सिधा र शालिन हुन्छन् । यी बच्चाहरुमा खेलकुदको साथ साथै पढाइ पनि मन पराउने हुन्छ । अर्थात यी बच्चाहरु आफुलाई सिद्ध देखाउन कुनै कसुर बाँकी राखेका हँदैनन् । आफ्नो काममा ध्यान दिने र अरुसँग फाल्तु बोल्ने बानी हुदैन ।

रातो रंगः

Advertisement

रातो रंग मन पराउने बालबालिका सवभावले धेरै बदमास हुन्छन् । यस रंगको मन पराउने बालबालिकाको जीवनमा कुनै पनि किसिमका प्रतिबन्ध मन नपराउने हुदैन । यस्ता बालबालिका मस्तिष्कका हिसावले अगाडी हुन्छन् । यी बालकालिकाहरु कसैको अगाडी बोल्नमा डराउँदैनन् । सधै उर्जावान हुन्छन् ।

पहेलो रंगः

पहेलो रंग प्राय बालिकाहरुले मन पराउने गर्छन् । यस्ता बालिका धेरै भद्र व्यवहारका हुन्छन् । यिनीहरुको जीवन सादा तथा सरल किसिमको हुन्छ । उनीहरुमा कुनै किसिमको तडकभडक मन पराउँदैनन् । पहेलो रंग मन पराउने बालिकाहरु आफ्नो कुरा हतारमा कसैसँग पनि कुरा साँटासाँट गरेको पाइँदैन साथै बिना कारण झुट पनि बोल्दैनन् ।

कालो रंगः कालो रंग मन पराउने बालबालिका धेरै होसियार, चलाख र तेज स्वभावका हुन्छन् । आफ्नो कुरा छिट्टै जो कसैलाई पनि सुनाउने गरेको पाइन्छ । उनीहरुमा बोली केही रुखो भएपनि मनकाने भने साँचो हुन्छन् । उनीहरुको मनसाय दृढ र बलियो हुन्छ । जीवनका गर्न चाहेको कुरा जुनसुकै किसिमले पनि गर्ने गर्छन् ।

हरियो रंगः

जुन बालबालिकामा हरियो रंग मन पर्ने हुन्छ् उनको स्वभाव धेरै आकर्षण हुन्छ । छिट्टै आफ्नो कुरामा फसाउन सक्छन् । यिनीहरुमा प्रयाप्त आत्मविश्वास रहेको हुन्छ । जीवनमा धेरै चुनौतिको सामना गर्न सँधै तयार रहन्छन् । हरियो रंग मन पराउने बालबालिका सधै सकारात्मक सोच्ने हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री