आइतबार, २३ वैशाख २०८१

ऐश्वर्याकी आमाजुले भनिन् -कुनै बेला सलमानको प्रेममा थिए

समयपोष्ट २०७५ माघ ८ गते १२:११

Advertisement

करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा अमिताभ बच्चनकी छोरी एवं ऐश्वर्याकी आमाजु श्वेता बच्चन नन्दा गेष्टको रुपमा पुगिन् । उक्त शोमा उनले आफू कुनैबेला सलमान खानको प्रेममा भएको खुलासा गरेकी छिन् ।

एक र्यापिड फायर राउन्डमा करणले श्वेतालाई सोधे, ‘म जुन सेलिब्रिटीको नाम लिन्छु उनीहरुलाई हटनेटको हिसाबले सूचीबद्ध गर्नुहोस् । सलमान, शाहरुख, आमिर, ऋतिक र अजय ।’

श्वेताले सबैभन्दा पहिले सलमानको नाम लिएपछि करणले ‘सलमान तिम्रो टिनएज स थिए ?’ भनेर सोधे । यसमा श्वेताले ‘हो’ भन्दै व्याख्या गरिन्, ‘जब हामी बोर्डिङ स्कूलमा थियौं तब मैले सलमान खानको मेने प्यार किया भिसिआरमा हेरेकी थिएँ । मैले फिल्मको पूरा अडियो रेकर्ड गरेकी थिएँ र त्यो दैनिक सुन्थेँ ।’

श्वेताका अनुसार अभिषेकले उनका लागि सलमान खानले फिल्म ‘मेने प्यार किया’ मा लगाएको क्याप पनि ल्याइदिएका थिए । उनले भनिन्, ‘म राती त्यो क्याप लिएर सुत्थेँ । म सलमानलाई मन पराउन थालेकी थिएँ ।’एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री