शनिबार, १५ वैशाख २०८१

१६ जनाको दरबन्दी सहितको पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय

समयपोष्ट २०७५ माघ ३ गते १६:३७

Advertisement

सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले कार्यालयमा उपसचिवले नेतृत्व गर्ने र १६ जनाको दरबन्दी रहने समेत बताए । ‘अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले भने।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा ढुक्क हुन आश्वासन दिएका थिए।

प्रतिनिधि सभाको बैठकलाई पुस २२ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयअघि पानीजहाज चलाउँछु भन्दा कागजका पानीजहाज बनाएर उडाउने अहिले फेरि खै पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको आफूले सुनेको बताएका थिए।

‘कहाँ छ पानीजहाजको टिकट पाउने ठाउँ भनेर सोधेको पनि सुनें,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पहिला सम्भव छैन भन्नेलाई पनि लाग्न थाले पानीजहाज चल्ने भएछ, ढुक्क हुनुस् एकदिन पानीजहाजको टिकट पाउने काउन्टर पनि खुल्नेछ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री