बुटवलमा सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा
सानिमा जनरल इन्स्योरेन्सले बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीका संचालक खेम राज लामिछाने तथा प्रमुख अतिथी बुटवल उप महानगरपालिकाका उप प्रमुख गोमा देवि आचार्य र बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिमल राज भट्टराईबाट उक्त शाखाको समुदघाटन भएको हो ।
कम्पनीका संचालक खेमराज लामिछाने र सहायक महा प्रबन्धक राजु पौडेलले कम्पनीको वारेमा कम्पनीका प्रकाश पारे ।
बुटवल तथा रुपन्देहि जिल्लाभर सर्बसुलभ बीमा सेवा पु¥याउने उद्देश्यले यस शाखा संचालनमा आएको बताइएको छ । साथै दावी पछिको सेवा समेत छिटो छरितो रुपमा दिने प्रतिवद्धता समेत कम्पनीले गरेको छ ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
देशका सफल उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीवाट सेवा प्रदान गरिएको छ ।
प्रतिक्रिया