मंगलबार, ३१ असार २०८२

एनआईसी एशिया बैंकको छलाङ, ६महिना मै गर्यो १ अर्ब ५१ करोड खुद नाफा

समयपोष्ट २०७५ माघ २ गते १२:१८

Advertisement

एनआईसी एशिया बैंकले चालू आवको दोस्रो त्रैमासमा उत्साहजनक प्रगति विवरण सार्वजनिक गरेको छ । बैंकले ६ महिनाको अवधिमा नै एक अर्ब ५१ करोड खुद नाफा कमाएकोे छ ।

बुधबार बैंकले प्रकाशन गरेको बिबरण अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा खुद नाफा १६४ प्रतिशतले बढाएको हो । गतबर्षको पुष मसान्तसम्म बैंकको खुद नाफा ५७ करोड १७ लाख रुपैयाँ मात्र थियो ।

बैंकको ६ महिना अवधिको वितरण योग्य नाफा (फ्रि प्रोफिट) एक अर्ब २६ करोड छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ५७ करोड १७ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको रेगुलेटरी एडजसमेन्ट वापत २५ करोड १२ लाख रुपैयाँ व्यवस्था गरेकोे छ । रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

बैंकले यस अवधिसम्ममा एक खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४९ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । गतबर्षको यसै अवधिमा बैंकमा निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा एक खर्ब बढी रहेको थियो ।

Advertisement

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ३ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम ६ महिना अवधिमा बैंकको खुद ब्याज आम्दानीबाट एक अर्ब ५४ करोड आर्जन गरेकोे थियो । यस अवधिमा बैंकले ९ अर्ब ६५ करोड ६१ लाख ब्याज आम्दानी गरेर ६ अर्ब ४ करोड ८५ लाख ब्याज खर्च गरेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । भने जगेडाकोषमा ४ अर्ब ४१ करोड जम्मा भएको छ । यस अवधिमा बैंकको आधार ब्याजदर ९.३३ प्रतिशत छ । जुन गतबर्षको यसै अवधिको तुलनामा भन्दा कम हो । बैंकको स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको निक्षेप लागत ७.१६ प्रतिशत छ । बैंकको पूँजी कोष अनुपात गत ११.९७ प्रतिशत छ । बैंकको खराब कर्जा अनुपात सामान्य बढेर ०.३० प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.७१ प्रतिशत छ ।

बैंकको प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । गतबर्ष यस्तो आम्दानी १४ रुपैयाँ २४ पैसा थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९३ पैसा, तरलता अनुपात २०.८१ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात ११.२५ र कुल सम्पतिमा प्रतिफल १.४१ प्रतिशत छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री