इन्भेष्टमेण्ट बैंकका सात वटै प्रदेशमा प्रादेशिक कार्यालय
समयपोष्ट
२०७५ पुष ३० गते १७:०१
नेपाल इन्भेष्टमेण्ट बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले प्रादेशिक कार्यालय खोलेको हो।
बैंकले प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल) मा खोलेको छ।
गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा कार्यालय खोलेको छ।
बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा खोलिसकेको छ।
प्रतिक्रिया