बुधबार, ४ असार २०८२

‘पिक एन्ड ड्रप’ :  जाम घट्यो कि बढ्यो ?

समयपोष्ट २०७५ पुष २८ गते ७:४८

Advertisement

 

काठमाडौं महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत भयो । तर, ट्राफिक प्रहरीले यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएकाले अहिले यात्रुहरू निश्चित ठाउँमा बसेर गाडी चढ्ने गरेका छन् ।

Advertisement

‘पिक एन्ड ड्रप’ले यात्रुलाई केही असहज भए पनि निजी तथा अन्य सवारीसाधन चलाउनेलाई भने सहज भएको छ । ट्राफिक जाम केही कम भएकाले अलि चाँडै गन्तव्यमा पुग्न थालेका छन् ।

 जाम घटेको दाबी 

‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको ट्राफिक प्रहरीको दाबी छ । ‘जाम घटाएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ,’ ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले भने । यसले गर्दा सडक अनुशासन कायम भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री