शनिबार, ५ जेठ २०८१

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७५ पुष २७ गते १२:१९

Advertisement

कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले सरकारकाे अग्राधिकार शेयर वापतकाे ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेकाे छ । गत आर्थिक वर्ष २०७४/७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयाेग्य मुनाफा आर्जन गरेकाे थियो। यहि नाफाबाट बैंकले लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंककाे आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री