शनिबार, ५ जेठ २०८१

ग्रिन लाइफ हाइड्रोले १८ करोड रुपैयाँको आइपिओ जारी गर्ने

समयपोष्ट २०७५ पुष २४ गते १०:३१

Advertisement

नेपाल धितोपत्र बोर्डले ग्रिन लाइफ हाइड्रोपावर कम्पनीलाई साधारण सेयर जारी गर्न अनुमति प्रदान गरेको छ । यससंगै कम्पनीले आयोजना प्रभावित स्थानियवासीको लागि १८ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

बोर्डले प्रभावित क्षेत्रका लागि जम्मा निष्काशन हुने शेयरमध्ये १० प्रतिशत अर्थात १८ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटललाई नियुक्त गरेको छ । प्रभावितलाई शेयर निष्काशन गरेसँगै सर्वसाधारणको लागि १८ करोड रुपैयाँको बराबरको आइपिओ जारी गर्ने कम्पनीको योजना रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको खानी खोलामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सुरुमा २५ मेगावाटको क्षमताको आयोजना निर्माण सुरु गरेपनि पछि १५ मेगावाट थप गरेको हो ।

कम्पनीले सन् २०१८ मै निर्माण कार्यसक्ने योजना बनाएकोमा थप १५ मेगावाट क्षमता बढाउँदा आयोजना निर्माण कार्य एक वर्ष पछाडि धेकेलिएको हो। कम्पनीले सन् २०१९ को अन्त्यसम्ममा निर्माण कार्य सक्ने योजना बनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री