राष्ट्र बैंकले ४ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने
समयपोष्ट
२०७५ पुष २२ गते २०:४३
नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया