आइतबार, २३ वैशाख २०८१

प्रभुले ल्यायो ‘प्रभु अनलाईन ट्रेडिङ बचत खाता’,शेयर कारोबार रकम रकमान्तर तथा राफसाफ गर्दा अब ब्रोकर अफिस धाउनु नपर्ने

समयपोष्ट २०७५ पुष १८ गते १२:५५

Advertisement

प्रभु बैंकले शेयर लगानीकर्ताहरुलाई लक्षित गरी प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ । नेप्सेको स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा प्रभुलाई तोकेपछि बुधबारबाट बैंकले अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको हो ।

यससंगै प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा अब शेयर दलाल तथा बैंक सम्म पुग्नु पर्ने छैन ।

प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई निःशुल्क ई- बैकिंग सेवा उपलब्ध गराउने समेत जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री