मंगलबार, ४ वैशाख २०८१

झुटा हल्ला फैलाई सेयर बजार प्रभावित गर्नेलाई कार्वाही गर : सेयर लगानीकर्ता संघ

समयपोष्ट २०७३ माघ १८ गते ८:४१

सेयर बजारमा भ्रामक हल्ला फैलाई बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग सेयर लगानीकर्ता संघले माग गरेको छ ।मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै  संघले लगानीकर्ताहरुमा आतंक सिर्जना गर्नेलाई कार्वाहीको माग गरेको हो । सेयर बजारमा तीब्र उतार चढाव आएको बेला केही ब्यक्तिहरुले बजारमा चलखेल गर्न भ्रामक हल्ला फैलाई लगानीकर्ताहरुमा आतंक सिर्जना गरेको संघको आरोप छ । जारी बिज्ञप्तिमा बजारमा उच्च गतिमा उतारचढाव आउँदा कतिपय साना र नयाँ लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको उल्लेख छ । कतिपय सञ्चारमाध्यम विशेषगरी अनलाइन समाचार माध्यमले अनावश्यक ढंगबाट झुटा समाचार सम्प्रेषण गरी बजारमा आतंक मच्चाएको,बजार व्यापक घट्छ भन्ने गलत अफवाह फैलाईएको त्यति हुँदापनि  नियामक निकाय तथा बजार सञ्चालक मुकदर्शक भएर बसेको संघले आरोप लगाएको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री