शुक्रबार, ७ वैशाख २०८१

सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित 

समयपोष्ट २०७३ माघ १७ गते १०:४५

संसदको सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।  
सोमबार भएको निर्वाचनमा माओवादी सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका हुन् ।  उनले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए  ।
यसअघि पनि माओवादीले नै लेखा समिति पाएकोमा समितिका सभापति जनार्दन शर्मा ऊर्जामन्त्री बनेपछि सो स्थान रिक्त हुँदै आएको थियो ।
लेखा समिति विपक्षी दलले पाउने विश्वव्यापी प्रचलन भएपनि एमालेले गुमाउन पुगेको छ । निर्वाचनमा एमालेलाई राप्रपाले सघाउँदा सत्तारुढ दल कांग्रेसका सांसदले भने माओवादी उम्मेद्वारलाई भोट हाले । कपिलवस्तुका उपाध्याय माओवादीका समानुपातिक सांसद हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री