बिहीबार, १५ चैत २०८०

भारतमा किन अत्याधिक बिक्री हुन्छन् सेतो रंगका कार 

समयपोष्ट २०७३ माघ १७ गते ७:०७

गाडी खरीद गर्दा गाडीको फिचर्स,इञ्जिन पावर जस्ता थुप्रै चिजहरुको जाँच गरेर मात्र गाडी खरीद गरिन्छ । यि सबै कुरा पछि गाडीको रंगलाई बढी प्राथमिकता दिई गाडी किन्नेमा भारतीयहरु रहेका छन् । भारतीयहरु विशेष गरी सेतो रंगको निजी सवारी साधन लिन रुचाउँने गरेको पाईएको छ । भारतमा अत्याधिक बिक्ने कारमा सेतो रंगको कार हो । सेतो पछि सिल्भर र ग्रेर कलरका कारहरु बढी बिक्ने गरेका छन् । 
भारतीयहरुले सेतो रंगनै मन पराउँनुको कारण पनि छ । सेतो रंगको कारको मुल्य भारतीय  सेकेण्ड ह्याण्ड मार्केटमा राम्रो छ साथै मेण्टेनेन्स गर्न पनि अरु गाडी भन्दा सजिलो हुँने हुँदा यो कलर रुचाईएको हो । गर्मिको लागि पनि यो कलर अन्य रंगको तुलनामा कुल हुने बताईन्छ । दिउँसो घाँममा कार पार्क गर्दा अन्य कारको तुलनामा सेतोमा अन्य कलरमा भन्दा भित्र कम तातो हुँने हुँदा सेतो रंगको कारले भारतमा बढी  बजार लिएको हो । 
एजेन्सी 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री