बिहीबार, १५ चैत २०८०

प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ निर्वाचित

समयपोष्ट २०७३ माघ १६ गते १०:४४

 प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा उदयमोहन श्रेष्ठ निर्वाचित भएका छन् ।  माघ १५ गते बसेको बैंकको संचालक समिति बैंठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको हो ।

Advertisement

श्रेष्ठ बैंकको विगत नौ वर्षदेखि संचालक समितिमा संचालकको रुपमा रहँदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेपछि सोही बैंठकले राजिनामा स्वीकृत समेत गरेको थियो । श्रेष्ठको राजिनामा पश्चात संचालक समितिको सदस्य पद रिक्त हुन आएको र उक्त रिक्त पदमा बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन,२०६३ बमोजिम डा.विश्व केशर मास्केलाई नियूक्ति गरेको जनाइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री