बुधबार, १२ वैशाख २०८१

ग्रान्डीमा संक्रमण नियन्त्रण सम्वन्धि कार्यशाला सम्पन्न 

समयपोष्ट २०७३ माघ १६ गते ३:५८

धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा संक्रमण नियन्त्रण सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।

Advertisement

क्रिटिकल केयर नर्सेज एसोसिएसन, आस्क फाउण्डेसन, नेपाल क्रिटिकल केयर डेभलोपमेण्ट फाउण्डेसन सँगको सहकार्यमा आयोजित कार्यशालामा देशभरका बिभिन्न अस्पतालहरुमा कार्यरत डाक्टर नर्स तथा क्लिनिकल स्टाफहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा आधारभुत संक्रमण नियन्त्रण,हातको सफाई तथा निगरानी, स्थानिय स्तरमा ह्याण्ड स्यानिटाइजर उत्पादनबारे बिश्व स्वास्थ्य संगठनको निर्देशिका,क्षयरोगका मल्टि ड्रग रेसिस्याण्ट प्याथोजिन तथा सि डिफ संक्रमणहरु, शल्यकृया गरिएका बिरामीहरुमा क्याथेटर संग समबन्धित संक्रमणको नियन्त्रण, माइक्रोबायोलोजिकल बिधिबाट बिरामीलाई निगरानी गर्ने तथा नमूना संकलन गर्ने सहि तरीका, एन्टिबायोग्राम इन्टरप्रेटेसन, एन्टिमाइक्रोबियल स्टिवर्डसिप, एन्टिमाइक्रोबियल स्टिवर्डसिपमा नर्सको भूमिका, अस्पतालजन्य फोहोरको ब्यबस्थापन तथा धारिला औजारहरुको ब्यवस्थापन, अस्पतालजन्य संक्रमणः अनुगमनको तरीका र एचएआईको परिणाम लगायतका संक्रमण नियन्त्रणका बिबिध आयामहरुबारे छलफल गरिएको थियो ।

कार्यशालाको उद्घाटन सत्रमा सम्वोधन गर्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले अहिलेसम्म अस्पतालमा आउने आगन्तुक तथा अतिथिहरुले ग्रान्डी अस्पतालको संक्रमण नियन्त्रण तथा ह्यान्ड हाईजिन कार्यक्रम प्रभावित भएको र यसलाई अव संस्कृतिकै रुपमा अगाडि लिएर जानुपर्ने बताए । यस किसिमको तालिमले नेपालको स्वास्थ्य उपचार सेवालाई बिस्वस्तरको बनाउन महत्वपूर्ण योगदान दिने बताउँदै उहाँले कार्यशालामा सिकेका सिप र ज्ञानलाई ब्यबहारिक रुपमा दैनिक अभ्यासमा ल्याउनुपर्नेमा जोड दिए ।

त्यसैगरी अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिन पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनका कन्सल्ट्यान्ट प्रा. डा. अर्जुन कार्कीले नेपाल जस्तो बिकासोन्मुख मुलुकमा संक्रमण नियन्त्रण ठूलो समस्याका रुपमा रहेको बताए । उनले यो जिम्मेवारी अधिकांश समय नर्सिङ स्टाफहरुको काँधमा आउने गरेको भएकोले यस किसिमका कार्यशालाहरु महत्वपूर्ण रहेको बताए ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष समेत रहेका ग्रान्डी अस्पतालका इन्टेन्सिभिष्ट तथा क्लिनिकल कोअर्डिनेटर डा. सुभाष प्रसाद आचार्यले तालिमका दौरानमा सिकेका सिप र ज्ञानलाई आफुमा मात्र सिमित नराखेर आफ्ना यूनिटका साथिहरुमा बाड्न आग्रह गरे ।

सहभागीहरुलाई अस्पतालका क्लिनिकल कोअर्डिनेटर तथा कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. सुभाषप्रसाद आचार्य, सघन उपचार बिशेषज्ञ डा. दिप्तेस अर्याल, डा. प्रभात अधिकारी, नारायण दत्त पन्त, सामना सैंजु, रश्मी गिरी, उपाशना आचार्य र एन्जिला कोइरालाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागि क्लिनिकल स्टाफहरुलाई हातको सफाई तथा निगरानी,एन नाइन्टिफाइभ मास्कको प्रयोग लगायतका बिषयमा सामूहिक अभ्यास तथा प्रदर्शन गरीएको थियो ।

क्रिटिकल केयर नर्सेज एसोसिएसन,एएसके फाउण्डेसन, नेपाल क्रिटिकल केयर डेभलोपमेण्ट फाउण्डेसन सँगको सहकार्यमा आयोजित एकदिने कार्यशालामा बिभिन्न अस्पतालहरुमा कार्यरत एकसय जना भन्दा बढी डाक्टर नर्स तथा क्लिनिकल स्टाफहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री