यस्तो फोटो जसले उनलाई जेल पुर्यायो (फोटोफिचर)
हर कोहि आजकाल इन्टर्नेटको माध्यमबाट चर्चित हुने चहाना राख्नछन् । तर यहीँ इन्टर्नेट इरानकी एक बडिबिल्डर महिलाको लागि घातक बन्न पुगेको छ । शिरीन नोबारीन नाम गरेकी एक इरानी महिलाले मसल्स देखाएको तस्विर इन्स्टाग्राममा सेयर गरेकै कारण जेल जान पर्यो ।
शिरीन नोबाहरी कर्यौ अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरिसकेकी एक बडिबिल्डर हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले उनका फ्यानहरुको लागि इन्स्टाग्राममा वर्कआउट गर्दै गरेको केही तस्विरहरु पोष्ट गरिन् ।
इष्टाग्राममा पोष्ट भएको उक्त तस्बिरमा उनले मसल्स देखाएकी छिन् । तर इरानको गैर इस्लामिक संगठनले सो फोटोलाई नग्नताको रुपमा लिदै उनलाई सजाएको भागिदार बनायो ।
इस्लामिक संगठनले शिरीनलाई यस्तो फोटो अपलोड गरेको अपराधमा पचास युरो को सजाय सुनायो । तर शिरीनसंग त्यस समय संगठनलाई बुझाउँन त्यति धेरै रकम नहुँदा उनले जेल जान स्विकार गरिन् ।
इरानमा महिलाहरुलाई पुरै शरीर छोप्ने कपडा लगाएर मात्र अन्तराष्ट्रिय खेलकुदमा हिस्सा लिने अनुमति दिईएको छ ।
प्रतिक्रिया