शुक्रबार, १४ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सले एक हजार चार रुपैयाँमा एफपिओ जारी गर्ने

समयपोष्ट २०७३ माघ १२ गते १२:४३

प्रिमियर इन्स्योरेन्स कम्पनीले  ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता शेयर जारी गर्न लागेको  छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९०४ रुपैयाँ प्रिमियमा थपेर एक हजार चार रुपैयाँमा एफपिओ जारी गर्ने भएको छ । 

Advertisement

प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा सार्वजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ । प्रस्तावित मूल्य धितोपत्रबोर्ड बाट स्विकृत हुन बाँकी छ । 

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । कम्पनीको गत असारसम्मको चुक्ता पूँजी ३७ करोड ३७ लाख ५३ हजार दुई सय २० रुपैयाँ रहेको छ । हाल को पूँजीमा प्रिमियरले ६ लाख ९५ हजार पाँचसय ६५ कित्ता शेयर बापतको करिव सात करोड रुपैयाँ बराबरको रकम चुक्ता पूँजीमा थपिने छ । यसैगरी एफपीओ मार्फत कम्पनीले थप ६२ करोड आर्जन गर्ने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री