शनिबार, ८ वैशाख २०८१

लक्जरी गाडीका सौखिन राष्ट्रपति ट्रप ,हेर्नुहोस् उनको कार कलेक्सन (फोटोफिचर)

समयपोष्ट २०७३ माघ १२ गते ६:३७


अमेरिकाका ४५ औ राष्ट्रपति डोनाल्ड ट्रप रियल स्टेट बिजनेश देखि लक्जरी र स्पोर्टस कारको कलेक्सन गर्नेमा पनि चर्चित मानिन्छन् । राष्ट्रपति ट्रपले रोयल रोयस देखि लिमो गाडीसम्म कलेक्ट गर्न भ्याएका छन् ।  

Advertisement


रोयल रोयस फ्यान्टम
राष्ट्रपति ट्रपको कार कलेक्सनमा सन् १९५६ को रोयल रोयस सिल्भर क्लाउड रहेको छ । यो कारलाई ट्रपले सबैभन्दा पहिले खरिद गरेको कार भनिएको छ । यो कारमा ट्रपको विशेष लगाव रहेको र यो उनको प्रिय गाडी रहेको बताईएको छ । 

1f

सेबि क्याम्रो
२०११ सेबि क्याम्रो इंडि ५०० पेस कार पनि ट्रपको गाडी कलेक्सनमा रहेको छ । ट्रपले यो कार आफै चलाउँने गरेको बताईएको छ । यो गाडी जनरल मोटरले सिर्फ ५०० रेप्लिका बनाएको थियो जुन १९६९ को एडिसनलाई म्याच गर्ने बताईएको छ । यो मोडलमा ६.२ बी ८ इञ्जिनको साथ  ४२६ hp क्षमता रहेको बताईएको छ । 

2f
 

रोयल रोयस फ्यान्टम
सन् २०१५ को रोयल रोयस फ्यान्टम पनि ट्रप आफै चलाउँन मनपराउँछन् । यस गाडीको सुरुवाती मुल्यनै ५ लाख डलर रहेको बताईएको छ । यस गाडीको विशेषता भनेको यो गाडीमा ८ स्पिड ट्रान्समिसन र ६.७५ बि १२ इञ्जिन रहेको छ । यसको क्षमता ४५३ hp रहेको छ भने यो गाडी ६ सेकेण्डमा १०० kmph स्पिड दिने क्षमता रहेको छ । 

4f

मर्सिडिज बेञ्ज एस ६००
ट्रपको गाडी कलेक्सनमा सन् २०१५ को मर्सिडिज बेञ्ज एस ६००
पनि समेटिएको छ ।  यस गाडीमा जेम्स बोण्मा जस्तै सेफ्टी फिचर्सहरु रहेका छन् । यस गाडीमा इञ्जिन ६.० लिटर बि १२ राखिएको छ जुन ५०० hp क्षमताको रहेको छ । यो गाडीमा ४.६ सेकेण्डमा १००kmph को स्पिड दिने क्षमता रहेको छ । 

5f

मर्सिडिज बेञ्ज एसएलआर म्याकलेरन 
सन् २००३ को मर्सिडिज बेञ्ज एसएलआर म्याकलेरन पनि ट्रपको कलेक्सन भित्र पर्दछ । यो स्पोर्टस लुक्स वाला गाडीको जम्मा ३७० मोडल मात्र पेस गरिएको थियो ।

 6f

 

कन्ट्री चोपर 
 २४ क्यारेट सुनले बनाईएको अरेञ्ज कन्ट्री चोपर पनि ट्रपको कलेक्सनमा पर्दछ । 

7f

 

केडिलेक अलाण्टे 
ट्रपको कार कलेक्सनमा १९९३ को केडिलेक अलाण्टे पनि रहेको छ । 

f


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री