बिहीबार, १३ वैशाख २०८१

ठूला घरधनी नै तिर्दैनन् कर

समयपोष्ट २०७३ माघ १२ गते ३:१९

नाम चलेका २७ स्कुल, कलेज, अस्पतालदेखि ठूला सपिङ मल, होटल, सिनेमा हलसम्मले घरजग्गा र बहाल कर नतिरी करोडौं राजश्व छली गरेको छन् ।

Advertisement

पुल्चोकस्थित ललितपुर विशालबजार, पाटनढोका कृष्णगल्लीस्थित भाटभटेनी सुपरमार्केट, हरिहरभवन र लगनखेलस्थित कर्मचारी सञ्चयकोष भवन, जावलाखेलस्थित डीएभी उच्चमावि, हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल, लगनखेलस्थित पाटन अस्पताल, सुमेरु, नेसनल क्यान्सर, ग्लोबल अस्पताल, पाटन औद्योगिक क्षेत्रका उद्योग, कलकारखाना र सातदोबाटोस्थित गोरखा सेभिङ एण्ड क्रेडिट लिमिटेडलगायतका संस्थाहरूले कर छली गरिरहेको जानकारी स्रोतले दिएका छन् ।

उपमहानगरपालिकासहितका निकायले उनीहरूलाई करको दायरामा ल्याउन ठोस पहलसमेत गर्न सकेको छैनन् । कर छलीका कारण ललितपुर उपमहानगरपालिकालाई बर्सेनि दसौं करोड रुपैयाँ राजस्व घाटा भइरहेको छ। बढी राजस्व तिर्नुपर्ने धनाढ्यहरू राजनीतिक संरक्षणमा रहेकाले उनीहरूबाट चुक्ता गराउन समस्या रहेको उपमहानगरका अधिकारी बताउँछन् ।  आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री