शुक्रबार, १४ वैशाख २०८१

अर्थमन्त्री महरासँग लण्डनका मेयरको शिष्टचार भेट, नेपालको हाइड्रो पावर र भौतिक निर्माणमा लगानी गर्न वेलायत तयार

समयपोष्ट २०७३ माघ ११ गते ८:१४

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मलेले शिष्टचार भेट गरेका छन्  । 
भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपाल विचको लामो आत्मीय सम्वन्धलाइ अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै वेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे । 
नेपाल सँक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको वताउँदै उपप्रधानमन्त्री महराले भने ‘एक बर्ष भित्र तिन तहको चुनाव गराउने तयारीमा सरकार छ ।  एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्छ । हामी अव संबिधान कार्यान्वयनको दिशामा अघि बढ्यौ ।’
लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको बताए । 
भेटमा उपप्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डाक्टर पुण्य रेग्मी र नेपालका लागि बेलायतका राजदुत पनि सँगै थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री